आजको मिति: २०७१-०५-७   | English | इमेल चेक | पुरानो वेबसाइट

नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समितिको कार्यालय, सर्लाही

flag

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

जिविसको वस्तुगत स्थितिको झलक

मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लाको हेमपुर गाउँ विकास समितिमा सर्लाही देवीको मन्दिर छ । रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर त्यहाँ कोही पुग्दैनन् । यिनै देवीको नामबाट नै पहिले त्यस इलाकाको नाम र पछि यस जिल्लाकै नाम “सर्लाही” रहन गएको हो भन्ने स्थानीय बासीन्दाहरुको धारणा रहेको पाइन्छ । सर्लाही देवीको मन्दिर वरिपरि अझै पनि वस्ती बसेको छैन ।
तरकारी उत्पादनको लागि नेपालमै प्रसिद्ध लालबन्दी यस जिल्लामा पर्दछ । गोलभेंडा उत्पादनको लागि प्रसिद्ध तरकारीको यो पकेट क्षेत्र भण्टा, करेला, घिरौला, बोडी जस्ता अन्य तरकारीको पनि ठूलो परिमाणमा उत्पादन हुने गर्दछ । मत्स्य उत्पादनमा पनि यो जिल्ला त्यतिकै अगाडि रहेको छ । मत्स्य उत्पादनका थुप्रै पकेट क्षेत्रहरु मध्ये यस जिल्लाको फरहदवा “माछा गाउँ” नै भन्ने गरिएको छ । त्यस्तै खाद्यान्न बाली तर्फ धान, गहँु, मकैकासाथै दलहन एवं तेलहन र उष्ण प्रदेशिय फलफूल उत्पादनमा यस जिल्लाको महत्वपूर्ण स्थान रहेको छ । नगदेबाली तर्फ इन्दु शंकर चिनी उद्योग हरिवनमा रहेको र अन्य खांडसारी उद्योग पनि जिल्लामा रहेवाट उखु खेती प्रमुख नगदेवालीको रुपमा विस्तार भइरहेको छ ।   
यस जिल्लाको सदरमुकाम मलंगवा महेन्द्र राजमार्गबाट लगभग २५ कि.मि. दक्षिण तर्फ अवस्थित छ । अधिकांश जनताको जीवन निर्वाहको श्रोत कृषि क्षेत्र रहेको पाइन्छ । स–साना कलकारखानाहरु इत्यादीले जन जिविकोपार्जनमा केही प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पु¥याएका छन् ।


२.१ भौगोलिक अवस्थिति
मानचित्रमा जिल्लाको स्थिति ः

अक्षांश        ः    २६०४५ु देखि २७०१०ु उत्तरी अक्षांश
देशान्तर    ः    ८५०२०ु देखि ८५०५०ु पूर्वी देशान्तर
पूर्व        ः    महोत्तरी जिल्ला
पश्चिम        ः    रौतहट जिल्ला
उत्तर        ः    सिन्धुली जिल्ला
दक्षिण        ः    भारत (विहार प्रान्त)
क्षेत्रफल        ः    १२५९ वर्ग कि.मी.
औसत लम्वाई    ः    ३२ कि.मी. उत्तर दक्षिण
औसत चौडाई    ः    ४० कि.मी पुर्व पश्चिम
उचाई        ः    ६० मी. देखि ६५९ मी. सम्म (समून्द्र सतहबाट)



जिल्लालाई भौगोलिक बनावटको दृष्टिकोणले मोटामोटी रुपमा निम्न तिन भागमा विभाजन गर्न सकिन्छ ।
१. उत्तरको चुरे डाँडा
२. बीचको भाँवर प्रदेश
३. दक्षिणको तराई प्रदेश

उत्तरको चुरे डाँडा
सवभन्दा दक्षिण तराईको मैदान र त्यस पछि  उत्तरको चारकोशे झाडी र सो भन्दा उत्तर पूर्व पश्चिम श्रृंखलामा रहेको चुरे पर्वत यस जिल्लाको उत्तरी सिमाना समेत हो । यस भागको फेदीमा नदीको तटमा कुनै कुनै ठाउमा कृषियोग्य जमिन भएको कारणवाट कतै कतै छिट फुट वस्तीहरु भेटिन्छन ।

बीचको भाँवर प्रदेश
चुरे देखि दक्षिण तराईको मैदान भाग देखि उत्तर रहेको चारकोशे झाडीको नामले प्रसिद्ध यस क्षेत्रको उचाई करीव १५० मी. देखि ३०० मी. को बीचमा  पर्दछ । औलो उन्मूलन सँगसँगै यस क्षेत्रमा बसोवास बढ्दै गएको छ । महेन्द्र राजमार्गले छोएको क्षेत्र भएकोले यहाँको बसोवास बढ्दो क्रममा छ । भाँवर प्रदेश भएको कारणले पानीको श्रोत ज्यादै तल रहन्छ, साथै बगेको पानी पनि जमीनको छिद्रताले गर्दा विलाउने हुँदा यहाँ जमीन मुनिको पानीको श्रोत भेटाउन साह्रै मुस्किल पर्दछ । त्यसैले यस क्षेत्रमा सिंचाईको ब्यवस्था जटील बन्न गएको हो । वन जङ्गल मासिदा भूमिगत जल सतह पनि अझ तल झर्ने सम्भावना भएकोले यस क्षेत्रको वन जङ्गलको संरक्षण गर्न आवश्यक छ ।

दक्षिण तराई प्रदेश
यो प्रदेश जिल्लाको मध्य भाग देखि दक्षिणसम्म फैलिएको छ । यो क्षेत्र परापूर्व काल देखि नै कृषियोग्य तथा बढी जनघनत्व रहेको पाईन्छ । जिल्लाको सदरमुकाम मलंगवा (न.पा.) साथै अधिकांश प्रमुख गाउँ बस्तीहरु यसै क्षेत्रमा छन् । यस क्षेत्रलाई जिल्लाको अन्न भण्डार क्षेत्रको रुपमा मानिन्छ । यसको उचाई  करीव १५० मी. भन्दा कमै छ । यो क्षेत्र पहिले देखि वसोवास योग्य भएकोले यहाँ वन जङ्गल नगण्य रुपमा पाइन्छ र वर्षामा बाढीले केही नोक्सानी समेत पु¥याउने गरेको पाईन्छ ।
२.१.१. प्राकृतिक स्वरुप र सम्पदा
सर्लाही जिल्लाको अधिकांश दक्षिणी भाग समुन्द्र सतह देखि करीव ६० मी. मात्र उचाई भएका तराई मैदान र आवादी क्षेत्रहरु हुन् तापनि यसको मध्य भागमा केही बढी उचाई भएको चारकोशे झाडीको भाँवर प्रदेश छ र उत्तरी सिमानातिर चुरे डाँडाका चुचुराहरु करीव ६०० मी. सम्म अग्ला छन् । यसरी जिल्लाको भू–भाग उत्तर देखि दक्षिण तिर होचिदै गएको छ । जिल्लाको उत्तरी तथा मध्य भागमा वन जङ्गल ज्यादै भएकाले आवादी कम छ ।  महेन्द्र  राजमार्गले यस जिल्लाको उत्तरी भागलाई छिचलेको हुँदा त्यतातिर नयाँ वसोवास बढ्दै गएको र वनजङ्गल र जङ्गली जनावरहरु घट्दै गएका छन् । जिल्लाको पश्चिमी सिमाना भई बग्ने वागमती नदीको छेउ छाउमा अझै पनि घना जङ्गल र जङ्गली जनावरहरु प्रशस्त छन् । जिल्ला भित्र बग्ने लखनदेई र झिम जस्ता नदीहरु वाहेक चुरे क्षेत्रमा प्रशस्त खहरेहरु छन् । जिल्लामा उष्ण मनसुनी हावापानीको असर पर्दछ तापनि दक्षिणी भागमा भन्दा उत्तरतर्फ बढी वर्षा हुन्छ । यस जिल्लाको भू–संरक्षणको निम्ति पनि यहाँको वन जङ्गलको उचित संरक्षण गर्नु आवश्यक हुन आउँछ ।
२.१.२.     नदीनालाहरु
जिल्लाको पश्चिमी सिमानामा रहेको सबैभन्दा ठूलो नदी वागमति नदी वाहेक अन्य सबै नदीहरु उत्तरको चुरे डाँडा क्षेत्रबाट शुरु भएका छन् र क्रमशः दक्षिण तिर बग्दै भारत पस्दछन् । धेरै जसो स–साना खोला र खहरेहरु छन् । जिल्ला भित्रको अर्काे सबैभन्दा ठूलो नदी लखनदेई र  झिमलाई लिन सकिन्छ ।
वागमती
सर्लाही जिल्लाको पश्चिमी सिमाना रौतहट जिल्लालाई छुट्याउदै उत्तरवाट दक्षिण भारत तर्फ वागमती नदी वगेको छ । वागमती नदीको पानीवाट वागमती सिंचाई आयोजना संचालन भइ रौतहट र सर्लाही जिल्लाको लगभव ५० हजार हेक्टर जमिनमा सिंचाईको सुविधा उपलब्ध भएको छ । वागमती नदीको चार वर्षको औसत जलप्रवाह (१९६५–१९६८) १६१.६ घन मी. प्रति सेकेण्ड उक्त अवधिमा सबैभन्दा बढी प्रवाह २८१० घन मी. प्रति सेकेण्ड र सबैभन्दा कम प्रवाह ४.९ घन मी. प्रति सेकेण्ड रहेको जानकारी जिल्लाको कर्मैया गाविसस्थित रहेको वागमती जलप्रवाह मापक केन्द्रले गराएको थियो । यस केन्द्रको वरिपरि वागमतीको जलाधार क्षेत्र २,७२० वर्ग कि.मी. रहेको छ ।

लखनदेई
यो जिल्ला भित्र रहेको सबैभन्दा ठूलो नदी हो (करीब ६४ कि.मी. लामो) । यो नदी जिल्लाको उत्तर पूर्वी कुनाको चुरेबाट शुरु भई दक्षिण पश्चिममा सिमरा गाविससम्म बगी दक्षिण तर्फ भारतमा पसेको छ । यस नदीले जिल्लालाई दुई भागमा विभाजन गरेको छ । यसका सहायक नदीहरुमा नारायण, मदार, वामन्ती, दाइने, अत्रौली, चापीनी, कोटी, घुर्मी आदि प्रमुख हुन साथै निकै संख्यामा खहरे तथा स–साना खोलाहरु पनि मिसिएका छन् ।

झिम नदी
जिल्लाको उत्तर पूर्वी सिमानाको चुरेबाट निस्केको फुलजोर खोला र कालिन्जोर खोला जब्दी गाविसको भैरवपुर गाउँ नजिक मिलेर दोभान बनेपछि झिमनदि प्रारम्भ भएको छ । यसको लम्वाई करीव २९ कि.मी. छ र जिल्लाबाट बग्दै भारत तर्फ पसेको छ । भारततिर यसै नदीलाई अधवारा नदी भन्ने गरिन्छ । मकवानपुर राज्यको पुरानो पुर्वी सिमाना अधवारा नदी नै थियो ।

जिल्लामा अन्य सानातिना नदीहरु पनि छन् जसमध्ये पूर्वको अंधवारा नदी (पछि झिम नदीमा मिलेको छ), पश्चिमको मनुष्मारा नदी (हरिवन, सोतारा, पथलैया खोलाहरु मिसिएर बनेको छ ) र मध्ये भागमा ढंग्रा, भूमी नदीहरु छन् ।

२.१.३. हावापानी
मनसुनी हावापानीको प्रभाव भएको यस जिल्लामा अधिकांश मैदानी भाग भएतापनि बीचको भावर प्रदेश र उत्तरको चुरे श्रृंखलाले गर्दा जिल्लाको दक्षिण तिर भन्दा उत्तर तिर गर्मी कम हुने र ज्यादै वर्षा हुने गर्दछ । यस जिल्लाको मौसम अवलोकन केन्द्र अभिलेख नभएको हुँदा हावापानीको समानताको आधारमा धनुषा जिल्लाको जनकपुरमा रहेको मौसम केन्द्रको तापक्रमलाई नै यहाँ लगभग तापक्रम मान्ने गरिएको पाईन्छ ।
वार्षिक औसत अधिकतम तापक्रम लगभग ३१० से० र औसत न्यूनतम तापक्रम २००से० तथा सबैभन्दा बढी तापक्रम ४२० से० र सबैभन्दा कम तापक्रम ४० से० रहेको पाइन्छ । तर जिल्लाको उत्तरी भागको चुरे तथा भावर क्षेत्रमा तराईभन्दा तापक्रम केही कम रहन्छ । कुल वर्षा मध्ये ८०% वर्षायाममा पाइन्छ । करीव २.३% वर्षा हिउँदमा हुने गरेको पाईन्छ । सरदर वर्षा १६९९.६ मी.मी. छ ।
जिल्लाको उत्तरी तथा दक्षिणी भागको उचाईमा असमानता भएकोले विभिन्न ठाउँमा वर्षा र तापक्रम एकैनास पाईदैन । तर मोटामोटी रुपमा सबै ठाउँमा एकै किसिमको उष्ण मनसुनी हावाको प्रभाव पाईन्छ । दक्षिण–पशिचमी मनसुनको प्रभावले गर्दा जेष्ठको मध्य देखि असोज मध्य सम्म वर्षा हुने गरेको पाईन्छ हिउँदमा माघ–फाल्गुणमा केही वर्षा हुन्छ र चैत्र–वैशाखमा हुरी बतास मेघ गर्जन सहित फाटफुट वर्षा पनि हुन्छ । यहाँ गर्मीमा ज्यादै गर्मी हुन्छ र जाडोमा सुख्खा मौसम र साधारण जाडो हुन्छ ।

२.१.४. प्राकृतिक वनस्पति तथा पशु–पंक्षी
उष्ण मनसुनी हावापानीको जोग भएकोले उष्ण प्रदेशीय सदाबहार जंगल पाईन्छ । जंगलमा साल समूहको रुखहरु प्रशस्त छ । साथै अन्य कडा जातका रुखहरु जस्तैः खयर, सिंसौ इत्यादी पाइन्छ भने अन्य जातीहरुमा कर्मा, कुम्नी, हर्रो, बर्रो, सिंदुरे, टाँटरी, सनीसाल, सिमल, भुरकुल, दवदवे, इत्यादी पनि यहाँको जंगलमा पाइन्छ । यहाँ पाईने वन पैदावारहरुमा सतावरी, सिमलभुवा, तरुल, बावियो, रवर, काँस, तथा अन्य जडीबुटीहरु पनि छन् । जिल्लावासीहरुलाई आवश्यक पर्ने काठ, दाउरा तथा घाँसपात आदी सबै जिल्लामा रहेको वन जंगलमा रहेको वन जंगलमै निर्भर रहेका छन् । यस जिल्लामा सालको काठ वढी मात्रामा पाईने भएकोले चिरान मिल अन्य जिल्लामा भन्दा वढी रहेको पाईन्छ ।
सर्लाही जिल्लाको जंगलमा बाघ, भालु, हात्ती, अर्ना, इत्यादी पाईने हुँदा यो स्थल शिकारको लागि प्रसिद्ध थियो । इतिहासमा श्री ३ जंगबहादुर शिकार खेल्न यसै जिल्लाको जंगलमा आएको उल्लेख भएको पाईन्छ । वन जंगल फडानी र बढ्दो जनसंख्याको कारण जंगली जनावरहरु लोप हँुदै गएको पाईन्छ । अझैपनि फाटफुट बाघ, चितुवा, भालु, चित्तल, मृग, बनेल आदि र चराचुरुङ्खीमा मयूर, धनेश, कालिज, लुँइचे, आदि पाईन्छन् ।

२.२ राजनौतिक तथा प्रशासनिक विभाजन
विकास क्षेत्र               ः    मध्यमाञ्चल
अञ्चल                   ः    जनकपुर
जिल्ला                   ः    सर्लाही   
सदरमुकाम               ः    मलंगवा
संसदीय निर्वाचन क्षेत्र    ः    ६ (संविधान सभा निर्वाचन)
ईलाका                  ः    १७
न.पा. संख्या            ः    १ (मलंगवा न.पा.)
गा.वि.स. संख्या        ः    ९९